वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल टेलिकमको नाफामा गिरावट, ईपीएस पनि घट्यो

अर्थलगानी
२०८१ श्रावण ३१, बिहीबार

काठमाडौँ। नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ। सार्वजनीक वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी र नाफा दुवैमा गिरावट देखिएको छ।

कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्म ६ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६.४४ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको आम्दानीमा गिरावट आएकै कारण नाफामा घटेको देखिन्छ। कम्पनीले समीक्षा अवधिसम्म ४१ अर्ब ६१ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.३२ प्रतिशतले कम हो।

कम्पनीको रिजर्भको आकार ७६ अर्ब ५७ करोड रुपैयाँबराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढी हो । कम्पनीको कुल चालु सम्पत्ति ४९ अर्ब ९४ करोड रुपैयाँ र कुल चालु दायित्व १९ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । कम्पनीको ईपीएस ४४ रुपैयाँबाट घटेर ३६.७७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५८.४६ रुपैयाँ र पीई अनुपात २२.९८ गुणा कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी