वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चार्डपर्व लक्षित नेपालपे क्यूआरले सार्वजनिक गर्यो ‘शुभ लाभ’ अफर

अर्थलगानी
२०८१ आश्विन ६, आईतवार

काठमाडौं । नेपालीहरूको महान चाड वडा दशैं र तिहार नजिकिएसँगै नेपालपे क्यूआरले ‘शुभ लाभ अफर’ सार्वजनिक गरेको छ। यो आकर्षक अफर असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म (सेप्टेम्बर २१ देखि अक्टोबर १५ २०२४) लागू हुनेछ।

यस अफर अन्तर्गत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूले निश्चित (Sureshot) क्यासब्याक पाउनेछन्। साथै जति धेरै क्यूआर कारोबार गरे त्यति धेरै लक्की ड्रमा भाग लिई आकर्षक उपहारहरू जित्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुुसार अफरको अवधिमा न्यूनतम रु २०० वा सोभन्दा बढीको १० वा बढी कारोबार गर्ने ग्राहकले रु २०० को क्यासब्याक पाउनेछन् र लक्की ड्रमा सहभागी हुने मौका पाउनेछन्। लक्की ड्रमा टिभी, वासिङ मेसिन, फ्रिज, माइक्रोवेभ ओभन, हिटर, एयर फ्रायर र स्मार्टफोनहरू जस्ता विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरू राखिएका छन्।

ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ, वालेटहरू, तथा कनेक्ट आइपीएस एपमार्फत सजिलै नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआर कोडहरूमा लागू हुनेछ तर गेटवे भुक्तानीमा भने लागू हुनेछैन सुचनामा उल्लेख छ।

नेपालपे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गतको स्वतन्त्र क्यूआर स्किम हो, जसले मर्चेन्ट र नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी