वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्यान महासंघको अध्यक्ष पदमा सुनैना पाण्डे निर्विरोध

अर्थलगानी
२०८१ पुष ११, बिहीबार

काठमाडौँ  ।  कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को अध्यक्ष पदमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन भएकी छन्। नयाँ कार्यसमिति चयनका लागि बुधबार भएको अध्‍यक्ष पदमा पाण्डेको मात्रै मनोनयन दर्ता भएकाले उनी निर्विरोध चयन हुने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

महासचिव अधिकारीका अनुसार क्यान महासंघको ३१औं वार्षिक साधारणसभा तथा १५औं महाधिवेशनबाट संस्थाले पहिलो महिला अध्यक्षको रुपमा सुनैना घिमिरे पाण्डेलाई पाउने भएको हो।। पाण्डेले क्यान महासंघको विभिन्न भूमिकामा कार्य गर्दै सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव सँगालेकी छन्। उनी सचिव, महासचिव र पहिलो महिला उपाध्यक्षको रूपमा पनि काम गरिसकेकी छन्।

क्यान महासंघको १५औं महाधिवेशन आगामी पुस १३ गते शनिबार हुनेछ, जहाँ पाण्डेले नयाँ अध्यक्षको रूपमा पद सम्हाल्नेछन्। यस महाधिवेशनमा अध्यक्ष पद बाहेकका अन्य पदमा भने प्रतिस्पर्धा हुने सम्भावना रहेको छ। क्यान महासंघमा कुल ४३ सदस्यीय केन्द्रीय कार्यसमिति रहनेछ र निर्वाचित सदस्यहरूले पदाधिकारी चयन गर्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी