काठमाडौँ। एशियाली विकास बैंकले चालु आर्थिक वर्ष(सन् २०२३) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा संकुचन हुने प्रक्षेपण गरेको छ। एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले यस्तो प्रक्षेपण गरेको हो।
सेप्टेम्बरमा सावैजनीक भएको आउटलुकको तुलनामा यो वृद्धिदर कम हो। गत सेप्टेम्बरमा नेपालको यो वर्षको आर्थिक वृद्धि ४.३ प्रतिशतले विस्तार हुने अनुमान गरिएको थियो ।
गत आर्थिक वर्ष नेपालको अर्थतन्त्र १.८६ प्रतिशतले विस्तार भएको तथ्यांक प्रस्तुत गर्दै यस वर्ष वृद्धिदर बढ्ने अनुमान एडीबीको छ । गत वर्ष महामारीमा सरकारले दिएको राहत विस्थापित भएको, महँगी बढेको र तेल तथा अन्य वस्तुको मूल्यको प्रभाव परेको थियो । यस वर्षभने आन्तरिक खपत विस्तारै बढेको, जलविद्युत् उत्पादन बढेको र पर्यटन क्षेत्रमा पुनरुत्थान भएको भन्दै एशियाली विकास बैंकले आशावादी प्रक्षेपण गरेको हो ।
यस वर्षको उत्साह आगामी वर्ष पनि कायम रहँदै सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत हासिल हुने एडीबीको प्रक्षेपण छ ।
asian-development-outlook-Nepal=april-2024
प्रतिक्रिया