काठमाडौँ। आज साउन ९ गते डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज डलरको बिक्रिदर १३४ रुपैयाँ २१ पैया पुगेको छ भने खरिददर १३३ रुपैयाँ ६१ पैसा पुगेको हो। यो अहिलेसम्मकै उच्च हो। यसअघि साउन ५ गते बिक्रिदर १३४ रुपैयाँ १७ पैसा (बिक्रीदर) पुगेर डलरले रेकर्ड बनाएको थियो।
यस दिन युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ १९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ८४ पैसा कायम भएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा पाइन्छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ ६० पैसा र बिक्रीमा २८ रुपैयाँ ७३ पैसा पाइन्छ।
प्रतिक्रिया