वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डलरको भाउ निरन्तर बढ्दै, आजपनि बनायो नयाँ रेकर्ड

अर्थलगानी
२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ। अमेरिकी डलरको भाउले आज साउन १० गते पनि नयाँ रेकर्ड बनाएको छ। आज डलरको खरिददर प्रतिडलर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ। यो डलरको भाउ हालसम्मकै उच्च हो। हिजो प्रतिडलर खरिददर १३३ रुपैयाँ ६१ पैसाको उचाई ब्रेक गर्दै डलरको मूल्ययले आज नयाँ रेकर्ड राखेको हो।

हिजो प्रतिडलर बिक्रिदर १३४ रुपैयाँ २१ पैसा रहेकोमा आज ५ पैसा बढेर १३४ रुपैयाँ २६ पैसा पुगेको छ।

यस दिन युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ८९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४१ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ ६१ पैसा र बिक्रीमा २८ रुपैयाँ ७३ पैसा पाइन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी