काठमाडौँ। पछिल्लो समय अमेरिकी डलरको मूल्य निरन्तर बढ्दै आएको छ। आज साउन १३ गतेपनि अमेरिकी डलर हालसम्मकै महँगो हुँदै अहिलेसम्मका रेकड ब्रेक गरेको हो। आज एक अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । यसअघि गत साउन १० गते अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.२६ रुपैयाँ कायम थियो ।
आज एक यूरोको खरिददर १४५.११ रुपैयाँ र बिक्रीदर १४५.७६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.९७ रुपैयाँ र बिक्रीदर १७२.७५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.६६ रुपैयाँ र बिक्रीदर ८८.०५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६४ रुपैयाँ र बिक्रीदर ८.६८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४३ रुपैयाँ र बिक्रीदर १८.५२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.७० रुपैयाँ र बिक्रीदर २८.८३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३६.९४ रुपैयाँ र बिक्रीदर ४३८.९१ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया