वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा २२ देशका मुद्राको कारोवार, कुन मुद्रा थपियो ?

अर्थलगानी
२०८१ मंसिर ७, शुक्रबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा ‘ओमानी रियाल’ को खरिद विक्री सुरु गरेसँगै नेपालमा अब २२ देशका मुद्राहरूको कारोबार हुने भएको छ। यसअघि २१ देशका मुद्राहरूको व्यापार गर्दै आएको केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० संशोधन गरेर नयाँ मुद्रा थप गरेको हो।

विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ अन्तर्गत प्राप्त अधिकार प्रयोग गरी ओमानी रियाललाई कारोबारमा समावेश गरिएको हो।

वैदेशिक रोजगारीका लागि ओमानमा पुगेका नेपाली नागरिकका लागि यो निर्णयले थप सुविधा प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी