वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अहिलेको पुस्तालाई देशको सिस्टममा विश्वास छैन, त्यसैले बिदेश राेज्छ : कर विज्ञ ज्ञवाली

अर्थलगानी
२०८१ जेष्ठ ५, शनिबार

काठमाडौं । कर विज्ञ प्रा. डा. राम प्रसाद ज्ञवालीले अहिलेको पुस्तालाई देशको सिस्टममा विश्वास नहुँदा विदेशीएकाे बताएका छन्।

आर्थिक मिडिया बिजमाण्डुले आयाेजना गरेको `बिजमाण्डु प्रि-बजेट कन्फेरेन्स´ मा बाेल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिलेको पुस्ता यहाँको सिस्टममा विश्वास गर्दैन। बाहिर जान चाहन्छ। देशभित्र रोजगारी पाउने विश्वास छैन। निजी क्षेत्रको दोस्रो पुस्ताले पनि लगानी विदेश लगिरहेको हुनसक्छ,’ उनले भने।

त्यस्तै उनले राजस्व बढाउन लगानी बढाउनुपर्नेमा जोड दिए। उनले निजी क्षेत्रको लगानी चार वर्षदेखि निरन्तर घटिरहेको र त्यही कारण राजस्व घटेको बताए।

उनले हामी अप्ठ्यारो बर्षमा नभएको भन्दै राजस्वको लक्ष्य सोही अनुसारको लिनुपर्ने बताए । ‘सबै खालका राजस्व घटेको छ। सरकारलाई राजस्वमा थ्रेट आयो। निजी क्षेत्रले ह्यारेसमेन्ट अनुभव गरेको पाइयो,’ उनले भने, ‘यो वर्ष ११ खर्ब पनि उठ्ने देखिएको छैन। लक्ष्य धेरै भएकाले सरकारले थ्रेट र निजी क्षेत्रले ह्यारासमेन्ट अनुभव गरेका हुन्।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी