वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको मूल्य सँगै चाँदीको मूल्य पनि महँगियो

अर्थलगानी
२०८१ चैत्र १४, बिहीबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्ने क्रम जारी छ। बिहीबार पनि सुन प्रतितोला १,३०० रुपैयाँले बढेर १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो। बुधबार प्रतितोला १ लाख ७३ हजार ५०० रुपैयाँ कायम रहेकोमा त्यसअघि मात्र २०० रुपैयाँले बढेको थियो।

चाँदीको मूल्य पनि उकालो लाग्दै प्रतितोला २,०२० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४० रुपैयाँ बढी हो।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष जोडिएकाले भाउ अझै बढ्ने वा घट्ने संभावना उच्च रहेको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी