काठमाडौँ। रिडी पावर कम्पनीको हकप्रदमा आवेदन दिनका लागि योग्य बन्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा आज माघ २१ गते आइतबारसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन। कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ भोली माघ २२ गते बुक क्लोज गर्दैछ ।
कम्पनीले १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न लागेको छ। अर्थात, रिडी पावरले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ ।
हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया