काठमाडौँ। राधि विद्युत कम्पनी लिमिटेडको नाफा गथ आर्थिक वर्षको चौथो त्रैमाससम्म १७.७२ प्रतिशतले घटेर ९ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ११ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस वर्ष विद्युत बिक्रीबाट कम्पनीले ९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.१६ प्रतिशतले कम हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १२ करोड ८४ लाख रुपैयाँको विद्युत बिक्री गरेको थियो।
कम्पनीको प्रशासनिक खर्च ३ करोड ८ लाख रुपैयाँ, विद्युत उत्पादन खर्च २ करोड २ लाख रुपैयाँ, र वित्तीय खर्च १ करोड ३१ लाख रुपैयाँ रहेको छ।
कम्पनीको कुल चालु सम्पत्ति ६३ करोड रुपैयाँ र कुल चालु दायित्व १३ करोड १२ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९.८१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३०.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५०.७५ गुणा, र तरलता अनुपात ४.८० प्रतिशत रहेको छ।
प्रतिक्रिया