वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय ग्रिडको विद्युत् आपूर्ति

अर्थलगानी
२०८१ भाद्र २, आईतवार

 

काठमाडौँ । प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ। नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४,३८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार १५ केभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति सुरु गरेको हो।
वर्खा सकिएपछि ५० केभीएको ट्रान्सफर्मर राखिने योजना रहेको प्रधिकरणले जनाएको छ छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय स्थललाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईकुण्डमा विद्युत् पुर्याइएको जानकारी दिए। चन्दनबारीबाट ८ किलोमिटरको ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै गोसाईकुण्डसम्म पुर्याइएको छ। यसअघि गोसाईकुण्ड क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग हुँदै आएको थियो।

जनैपूर्णिमा मेलाको पूर्वसन्ध्यामा यस क्षेत्रमा विद्युत् पुर्याएपछि गोसाईकुण्ड क्षेत्र झिलिमिली भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी