वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लाभांश पारित गर्ने मुख्य एजेण्डासहित माण्डु हाईड्रोले बोलायो साधारणसभा

अर्थलगानी
२०८१ भाद्र २३, आईतवार

काठमाडौँ । माण्डु हाईड्रोपावर लिमिटेडले १३ औँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले असोज १४ गते काठमाण्डौको नयाँ बजारमा रहेको नेपा बैंक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेगरि सभा आह्वाना गरेको हो।

सभामा आव २०८०–८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आव २०८०–८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, आव २०८०–८१ को लेखापरिक्षकको प्रतिवेदन, २०८१ असार मसान्तसम्मको वासलात र आव २०८०८१ को आयव्यय विवरण र सोही अवधिको नगद प्रवाह लगायत वित्तिय विवरण उपर छलफल गरि पारित गर्ने र आव २०८१र८२ को कारोवारको हिसाब लेखापरिक्षण गर्नका निमित्त लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

यसैगरी सभामा कम्पनीको कायम चुक्तापूँजीलाई कम्पनी रजिष्टर्ड कार्यालयमा अध्यावधिक गर्ने निर्णय समेत पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी