वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माण्डु हाईड्रोपावर लिमिटेडको विद्युत उत्पादन बन्द

अर्थलगानी
२०८१ आश्विन १३, आईतवार

काठमाडौँ। माण्डु हाईड्रोपावर लिमिटेडको विद्युत उत्पादन बन्द भएको छ । असोज ११ गते शुक्रवारको दिनदेखि परेको अविरल भिषण वर्षाको कारण हाईड्रोपावर प्रभावित हुँदा उत्पादन बन्द गरिएको हो।

बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले यस आयोजनाको पावर हाउस तथा हेड वर्बसमा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको छ ।

यसका साथै, प्लान्ट सञ्चालन अवरुद्ध भई काबु भन्दा बाहिरको स्थिति श्रृजना भई विद्युत उत्पादन हुन नसकेको कम्पनीले जनाएको छ । यस सम्बन्धी पूर्ण क्षतिको विवरण आउन बाँकि रहेको समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी