वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२ खर्ब बढीको जलविद्युत् आयोजना: २९ किमीमा ६४० मेगावाट उत्पादन गर्न ३२ वडा प्रभावित

अर्थलगानी
२०८१ कार्तिक ८, बिहीबार

काठमाडौँ ।  ६४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणका लागि २ खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने अनुमान गरिएको छ। विद्युत् विकास विभागले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनअनुसार उक्त आयोजना पर्वतको विहादी गाउँपालिकामा निर्माण हुने भएको हो । जसले वार्षिक १६३ करोड युनिट विद्युत् उत्पादन गर्नेछ र १५ अर्ब रुपैयाँ आम्दानी हुनेछ।

आयोजनाले पर्वत, बागलुङ, स्याङ्जा, र गुल्मीका ३२ वटा वडा प्रभावित बनाउनेछ भने ४३६ घरपरिवार विस्थापित हुनेछन्। परियोजना सम्पन्न गर्न १,८९० हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा ८०३ हेक्टर निजी र १,०८२ हेक्टर वन क्षेत्र पर्नेछ। आयोजना सम्पन्न भएपछि २९ किलोमिटर लामो जलाशय निर्माण हुनेछ।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीय बासिन्दाले धार्मिक र ऐतिहासिक सम्पदालाई असर नपर्ने गरी आयोजना अघि बढाउन सुझाव दिएका छन्। परियोजनाले प्रभावित क्षेत्रको विद्युतीकरण, रोजगारी, पर्यटन, र पूर्वाधार विकासमा टेवा पुर्‍याउनेछ भने वातावरणीय जोखिम र प्रदूषणका मुद्दा पनि उठेका छन्।

विद्युत् विकास विभागले परियोजनामा स्थानीय र वैदेशिक लगानी आवश्यक पर्ने जनाएको छ। आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत् कुश्मा–बुटवल प्रसारण लाइनमा जोडिनेछ, जसले नेपालमा जलाशययुक्त जलविद्युत् आयोजनाको एक सफल नमूना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी