काठमाडौँ। नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्ने भएको छ। शुक्रबार तीन देशका ऊर्जामन्त्रीले भर्चुअल रुपमा उद्घाटन गरेर ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागिएको हो।
गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले बंगलादेश बिजुली पठाउने भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार १२.४५ मा भर्चुअल माध्यमबाट उद्घाटन गरेर बंगलादेशमा बिजुली पठाउने बताए ।
प्राधिकरणले यस वर्षका लागि शुक्रबार राति १२ बजेसम्म मात्रै बिजुली बेच्ने भएको हो । शुक्रबार करिब ११ घण्टामात्रैं बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रूपैयाँ आम्दानी गर्ने छ ।
प्रतिक्रिया