काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १९०८.३८ प्रतिशतले बढेको छ।
यस अवधिमा कम्पनीको खुद नाफा ३ करोड ४३ लाख २१ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १७ लाख ७ हजार मात्रै थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५ करोड ७३ लाखबाट बढेर ८ करोड ८३ लाख पुगेको छ। कम्पनीको ब्याज खर्च ३ करोड ७६ लाखबाट घटेर २ करोड ७३ लाख रहेको छ। विद्युत बिक्रीको आम्दानी बढ्दा र ब्याज खर्च घट्दा कम्पनीको खुद नाफा उल्लेख्य बढेको हो ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी १८.३४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०७.५४ रुपैयाँ रहेको छ।
७४ करोड ८४ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ५ करोड ६४ लाख रहेको छ ।