काठमाडौं ।हेवा खोला “ए” जलविद्युत आयोजना (१४.९ मेगावाट) पुनर्निर्माणका लागि कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। मिति २०८१ पुस २ गते बसेको सञ्चालक समितिको बैठकले जारी पूँजीको १:१ अनुपातमा ९६ लाख २५ हजार थान हकप्रद शेयर जारी गर्ने प्रस्ताव आगामी वार्षिक/विशेष साधारण सभामा पेश गर्ने निर्णय गरेको हो।
यो आयोजनालाई २०८० असार २ र २०८१ असोज १० गतेको बाढीले ठूलो क्षति पुर्याएको थियो। संरचनाको पुनर्निर्माण र मर्मतका लागि सहवित्तीयकरणमा सहभागी बैंकहरूसँग थप कर्जा लिएर काम भइरहेको र नियमित बैंक कर्जा भुक्तानी सुनिश्चित गर्न हकप्रद शेयरको निष्कासन आवश्यक रहेको कम्पनीले जनाएको छ।
यस हकप्रद शेयरबाट संकलित रकम पुनर्निर्माण कार्यमा उपयोग गरी आयोजना मिति २०८१ असोज १५ देखि सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ। यो प्रस्ताव साधारण सभामा पारित भएपछि मात्र शेयर निष्कासनको प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया