वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइपिओ जारी गर्ने योजनामा रायन इनर्जी, कस्तो छ कम्पनी प्रोफाइल?

अर्थलगानी
२०८१ माघ २९, मंगलवार

काठमाडौँ। रायन इनर्जी प्राइभेट लिमिटेडले सार्वजनिक निष्काशन (आइपिओ) गर्ने योजना अगाडी सारेको छ। आइपिओ जारी गर्ने उद्देश्य अनुरुप रायनले संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा लगायतका सेवाको लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता समेत गरेको छ। आज माघ २९ गते राजधानीमा एक समारोहका बीच क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) मन्दिप लुइँटेल र रायन इनर्जीका सञ्चालक दीपक कुमार रौनियारले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार क्यापिटलले रायन इनर्जीलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गर्दा देखि आइपीओ निष्काशनका लागि आवश्यक पक्रिया पुरा गर्न सहयोग गर्ने छ। फलस्वरुप यो प्राइभेट कम्पनी छिट्टै पब्लिकमा रुपान्तरण भई आगामी आर्थिक वर्षमा सार्वजनीक निष्काशन गर्ने सञ्चालक रौनियारले जानकारी गराएका छन्। रौनियारका अनुसार कम्पनीले तीन वर्षपछि लगानीकर्तालाई वार्षिक औषत २० प्रतिशत प्रतिफल दिनेछ।

रायान इनर्जीको बारेमाः
यो कम्पनी २०७८ सालदेखि उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट विभिन्न प्रकारका दुई, तीन र चार पांग्रे इलेक्ट्रिक सवारी साधनहरू उत्पादन गर्नको लागि अनुमति लिई काम गर्दै आएको छ। यसको मुख्य उद्देश्य भनेको विद्युतीय सवारीसाधन निर्माण तथा एसेम्बल, ब्याट्री स्व्यापिङ सुविद्या र चार्जिङ स्टेशनहरु स्थापना गर्ने रहेको छ।

यो योजनाको सुरुवाती अनुमानित खर्च ३ अर्ब रहेको छ । जसका लागि कम्पनीको शेयर हिस्सा र ऋणको अनुमापात ३०ः७० रहनेछ। अर्थात, कम्पनीको शेयरबाट ९० करोड र ऋणको हिस्सा २ अर्ब १० करोड रहने छ। पहिलो चरणमा यसले तीन पांग्रेको लागि एक सय र दुई पांग्रेका लागि ३० वटा ब्याट्री स्टेसन बनाउने योजना अगाडी सारेको छ, जुन सन् २०२६ को डिसेम्बर सम्ममा सम्पन्न हुनेछ।

यस्तो छ कम्पनीको विजनेश सेगमेन्टः

यसको नेतृत्व सञ्चालक दिपक रौनियार, दिपेन रघुवंशी र प्रदिप अग्रवालले गर्नेछन्। यो टिम विभिन्न क्षेत्रमा अनुभवी तथा नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि कार्य गर्दै आएको अनुभवको संगालो हो। रायन इनर्जीको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ भने एसेम्बलीङ प्लान्ट सर्लाहि र ब्याट्रिी प्लान्ट नौविसे रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी