काठमाडौँ। दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको हो ।
कम्पनीले वैदेशिक रोजगारमा गएकाहरु र सर्वसाधारण गरी कुल दुई चरणमा आइपीओ जारी गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया