काठमाडौँ। नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आउँदा ३ करोड ८३ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ९० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा यस्तनो नाफा २ करोड १ लाख ५४ हजार मात्रै थियो।
समिक्षा अवधिमा यस कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि वृद्धि गरेको छ। अघिल्लो आर्थिक वर्षमा विद्युत बेचेर ९ करोड ४२ लाख ५ हजार कमाएकोमा गत आर्थिक वर्षमा १० करोड बढी आम्दानी गरेको हो।
कम्पनीको प्रतिसेयर आम्दानी ११.४१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.७२ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया