वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्राधिकरण दोलखा वितरण केन्द्रको रक्तदान कार्यक्रम, १७ जनाले गरे रक्तदान

अर्थलगानी
२०८० श्रावण ३२, बिहीबार

काठमाडौँ । ३८औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विहीबार बिहान दोलखा वितरण केन्द्रको चरिकोट महशुल संकलन केन्द्रमा आयोजित कार्यक्रममा केन्द्र प्रमुख मेघनाथ ढकालले वाषिर्कोत्सवको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा १७ जनाले रक्तदान गरेका केन्द्र प्रमुख ढकालले जानकारी दिए । प्राधिकरणले यस वर्ष रक्तसञ्चार केन्द्र दोलखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरेको उनको भनाइ छ ।

उक्त दिन आन्तरिक रूपमा ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको ढकालले जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । ३८औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विहीबार बिहान दोलखा वितरण केन्द्रको चरिकोट महशुल संकलन केन्द्रमा आयोजित कार्यक्रममा केन्द्र प्रमुख मेघनाथ ढकालले वाषिर्कोत्सवको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा १७ जनाले रक्तदान गरेका केन्द्र प्रमुख ढकालले जानकारी दिए । प्राधिकरणले यस वर्ष रक्तसञ्चार केन्द्र दोलखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरेको उनको भनाइ छ । उक्त दिन आन्तरिक रूपमा ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको ढकालले जनाए ।