वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तमोर–मेवा जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री दर तय हुँदै

अर्थलगानी
२०८० भाद्र २६, मंगलवार

काठमाडौँ। तमोर–मेवा जलविद्युत आयोजनाको विद्युत खरिद, बिक्री दर यहि भदौँ २९ गते शुक्रबार निर्धारण हुने भएको छ। विद्युत नियमन आयोगले स्पार्क हाईड्रोईलेक्ट्रिक कम्पनी लिमिटेडद्धारा प्रबद्धित १२८ मेगावाटको यस आयोजनाबाट उत्पादन हुने विद्युतको खरिदबिक्रिदर निर्धारण गर्न उक्त दिन सार्वजनीक सुनुवाई कार्यक्रम आयोजना गरेको हो।

२४ अर्बको लागतमा बनेको यस आयोजनाले आव २०७७–०७८ मा अनुमति पत्र पाएपश्चात निर्माण भएको आयोजना नदि बहावमा आधारित आयोजना रहेको छ।

आयोजनाबाट वार्षिक रुपमा सरदर ७११.४३ गिगावाट घण्टा जलविद्युत आयोजा उत्पादन हुन्छ ।

आयोजनाबाट उत्पादन भएको विद्युतको खरिद, बिक्री दरमा वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यबृद्धि गरिने आयोगद्धारा जारी एक सूचनामा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। तमोर–मेवा जलविद्युत आयोजनाको विद्युत खरिद, बिक्री दर यहि भदौँ २९ गते शुक्रबार निर्धारण हुने भएको छ। विद्युत नियमन आयोगले स्पार्क हाईड्रोईलेक्ट्रिक कम्पनी लिमिटेडद्धारा प्रबद्धित १२८ मेगावाटको यस आयोजनाबाट उत्पादन हुने विद्युतको खरिदबिक्रिदर निर्धारण गर्न उक्त दिन सार्वजनीक सुनुवाई कार्यक्रम आयोजना गरेको हो। २४ अर्बको लागतमा बनेको यस आयोजनाले आव २०७७–०७८ मा अनुमति पत्र पाएपश्चात निर्माण भएको आयोजना नदि बहावमा आधारित आयोजना रहेको छ। आयोजनाबाट वार्षिक रुपमा सरदर ७११.४३ गिगावाट घण्टा जलविद्युत आयोजा उत्पादन हुन्छ । आयोजनाबाट उत्पादन भएको विद्युतको खरिद, बिक्री दरमा वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यबृद्धि गरिने आयोगद्धारा जारी एक सूचनामा उल्लेख छ।