काठमाडौं। माण्डु हाइड्रोपावर लिमिटेडको म्युचुअल फन्डलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि सकिने लागेको छ। यसको लकइन अवधि फागुन २३ गते सकिन लागेको हो।
लक इन अवधि सकिएपछि म्युचुअल फन्डले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीका अनुसार हाल २२ हजार ९३५ कित्ता सेयर म्युचुअल फन्डहरुको लक इन’ रहेको छ । नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते म्युचुअल फन्डहरुलाई बिक्री गरेको आइपीओ ६ महिनासम्म ‘लक इन’ राख्नु पर्ने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया