वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालय उर्जाको साढे १४ लाख कित्ता सेयर लिलामी बिक्री खुला

अर्थलगानी
२०८१ आश्विन ७, सोमबार

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनीले आजदेखि १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको घोषणा गरेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुसक्नेछन् । जसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आवेदन दिने अन्तिम म्याद असोज १४ गतेसम्म रहेको छ। यस लिलामीमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ। यसअघि कम्पनीले १०० प्रतिशत (९९ लाख कित्ता) हकप्रद सेयर बिक्री खुला गरिसकेको थियो, र सो अवधिमा बिक्री नभएको बाँकी सेयरलाई लिलामीमा ल्याइएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी