वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

६ करोड ५६ लाखको हकप्रद सेयर निष्काशन गर्दै ६ जलविद्युत कम्पनी, बोर्डमा दिए आवेदन

अर्थलगानी
२०८० भाद्र १५, शुक्रबार

काठमाडौँ । ६ जलविद्युत कम्पनीले ६ करोड ५६ लाख बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । हकप्रद सेयर निष्कासनका लागि यी ६ वटै कम्पनीहरुले आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

६ करोड ५६ लाख ९३ हजार ९ सय ७ कित्ता सेयर निष्कासन अनुमतिका लागि ६ जलविद्युत कम्पनीले आवेदन दिएका बोर्डले जनाएको छ । अनुमतिका लागि आवेदन दिएका कम्पनीहरूमा हिमालयन ऊर्जा विकास कम्पनी, छया्ङदी हाइड्रो पावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रिडी पावर कम्पनी लिमिटेड र घलेम्दी हाइड्रो पावर लिमिटेड रहेका बोर्डले जानकारी दिएको छ ।

१.अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट

हकप्रद सेयर निष्काशन अनुमतिका लागि अन्य कम्पनीहरु भन्दा अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट सबै भन्दा बढी रहेको बोर्डको भनाइ छ । बोर्डका अनुसार यो कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ताका लागि आवेदन दिएको छ ।

हकप्रद सेयर निष्कासन गर्न कम्पनीले साउन २४ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

२. सिंगटी हाइड्रो

सिंगटी हाइड्रोले १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीले भदौ २७ गते सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको हो ।

यस कम्पनीले दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्ध तोकिएको छ ।

३. हिमालयन ऊर्जा

हिमालयन ऊर्जाले ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीले १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र सात मेगावाट क्षमताको माथिल्लो खिम्ती दुई आयोजना निर्माण गरिरहेको छ।

४. रिडी पावर

रिडी पावरले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ ।

५. छया्ङ्दी हाइड्रो

छया्ङ्दी हाइड्रोले ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ ।

६. घलेम्दी हाइड्रो

कम्पनीले ११ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । ६ जलविद्युत कम्पनीले ६ करोड ५६ लाख बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । हकप्रद सेयर निष्कासनका लागि यी ६ वटै कम्पनीहरुले आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । ६ करोड ५६ लाख ९३ हजार ९ सय ७ कित्ता सेयर निष्कासन अनुमतिका लागि ६ जलविद्युत कम्पनीले आवेदन दिएका बोर्डले जनाएको छ । अनुमतिका लागि आवेदन दिएका कम्पनीहरूमा हिमालयन ऊर्जा विकास कम्पनी, छया्ङदी हाइड्रो पावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रिडी पावर कम्पनी लिमिटेड र घलेम्दी हाइड्रो पावर लिमिटेड रहेका बोर्डले जानकारी दिएको छ । १.अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट हकप्रद सेयर निष्काशन अनुमतिका लागि अन्य कम्पनीहरु भन्दा अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट सबै भन्दा बढी रहेको बोर्डको भनाइ छ । बोर्डका अनुसार यो कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ताका लागि आवेदन दिएको छ । हकप्रद सेयर निष्कासन गर्न कम्पनीले साउन २४ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । २. सिंगटी हाइड्रो सिंगटी हाइड्रोले १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीले भदौ २७ गते सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको हो । यस कम्पनीले दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्ध तोकिएको छ । ३. हिमालयन ऊर्जा हिमालयन ऊर्जाले ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीले १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र सात मेगावाट क्षमताको माथिल्लो खिम्ती दुई आयोजना निर्माण गरिरहेको छ। ४. रिडी पावर रिडी पावरले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ । ५. छया्ङ्दी हाइड्रो छया्ङ्दी हाइड्रोले ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ । ६. घलेम्दी हाइड्रो कम्पनीले ११ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ ।