काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दशैं फोटो कन्टेस्टको सुरूवात गरेको छ ।
यस फोटो कन्टेस्टमा सहभागी भइ विजयीहरुले आकर्षक पुरस्कारहरू जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस दशैं फोटो कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दशैं मनाउँदै गरेको तस्बिर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ ।
साथै, रियलमीको फेसबुक र इन्स्टाग्राम पेजलाई लाइक र फलो पनि गर्नुपर्नेछ । सबैभन्दा धेरै कमेन्ट तथा लाइक प्राप्त गर्ने फोटोलाई भाग्यशाली विजेता घोषणा गरिनेछ । कार्तिक २ गतेबाट सुरू भएको यस दशैं कन्टेस्टमा कार्तिक १३ सम्म सहभागी हुन सकिनेछ ।
प्रतिक्रिया