वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शब्द लेखेको भरमा चिया खाँदै गरेको भाइरल तस्बिर यसरि बनाउनुस…

अर्थलगानी
२०८० मंसिर १५, शुक्रबार

काठमाडौँ। पछिल्लो समय हरेक क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढ्दो छ । विशेषगरी दिइएको कमाण्डको आधारमा च्याटबटको प्रयोगसँगै शब्दकै भरमा फोटो तयार पार्ने टुल पनि चर्चामा छन् ।

फोटो बनाउन प्रयोग गरिएको विभिन्न एआई टुल मध्ये लिओनार्दो एआईमा पनि शब्दकै भरमा फोटो बनाउन सक्छ । सटीक फोटोहरू तयार पार्न सक्ने यो टुल निःशुल्क प्रयोग गर्न सकिन्छ । तर, एआईले सीमित क्रेडिट मात्र दिइएको हुन्छ ।

तस्वीर बनाउँदा उक्त क्रेडिट सङ्ख्या घट्छ । तपाईंले सामान्यतः १० भन्दा बढी तस्वीर निःशुल्क बनाउन सक्नुहुन्छ । अहिले चिया खाँदै गरेको भाइरल तस्बिर बनाउन लिओनार्दो एआई प्रयोग गर्न यस प्रक्रिया अपनाउन सकिन्छ  ।

सुरुमा यहाँ क्लिक गर्नुहोस् । 

क्रियट एन अकाउन्ट लेखिएको ठाउँमा क्लिक गर्नुहोस् ।

त्यसपछि गुगल, माइक्रोसफ्ट वा एप्पल मध्ये कुनै एक अकाउन्ट प्रयोग गरेर सोझै साइनअप गर्न वा ईमेल मार्फत पासवर्ड राखेर अकाउन्ट बनाउनुहोस् ।

सजिलोको लागि गुगलको अप्सन छानेर आफूले चाहेको गुगल अकाउन्ट प्रयोग गर्नुहोस् ।

अनि आफ्नो युजरनेम राख्नुहोस् । र, आफूले सो टुल किन प्रयोग गर्न चाहेको भन्ने अप्सन छान्नुहोस् ।

यति गरिसकेपछि अन्तिममा रहेको स्टार्ट युजिङ लिओनार्दोको बटनमा ट्याप गर्नुहोस् ।

यति भएपछि तपाईंको लिओनार्दो अकाउन्ट तयार हुन्छ । तपाईंले सबैभन्दा पहिले १५० ओटा क्रेडिट निःशुल्क पाउनुहुन्छ । एक पटक प्रम्प्ट दिंदा २० क्रेडिट खर्च हुन्छ ।

यति भएपछि सबैभन्दा माथि टाइप अ प्रम्प्टको बक्समा प्रम्प्ट राख्नुहोस् । उदाहरणका लागि (Create an image of Nepali people enjoying a cup of tea) टाइप गरेर सर्च गर्नुहोस् । (आफूलाई जस्तो तस्वीर बनाउने इच्छा छ त्यस्तै प्रम्प्ट राख्न सक्नुहुन्छ ।)

यति भएपछि तपाईंले भनेको जस्तै तस्वीर देखिन्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। पछिल्लो समय हरेक क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढ्दो छ । विशेषगरी दिइएको कमाण्डको आधारमा च्याटबटको प्रयोगसँगै शब्दकै भरमा फोटो तयार पार्ने टुल पनि चर्चामा छन् । फोटो बनाउन प्रयोग गरिएको विभिन्न एआई टुल मध्ये लिओनार्दो एआईमा पनि शब्दकै भरमा फोटो बनाउन सक्छ । सटीक फोटोहरू तयार पार्न सक्ने यो टुल निःशुल्क प्रयोग गर्न सकिन्छ । तर, एआईले सीमित क्रेडिट मात्र दिइएको हुन्छ । तस्वीर बनाउँदा उक्त क्रेडिट सङ्ख्या घट्छ । तपाईंले सामान्यतः १० भन्दा बढी तस्वीर निःशुल्क बनाउन सक्नुहुन्छ । अहिले चिया खाँदै गरेको भाइरल तस्बिर बनाउन लिओनार्दो एआई प्रयोग गर्न यस प्रक्रिया अपनाउन सकिन्छ  । सुरुमा यहाँ क्लिक गर्नुहोस् ।  क्रियट एन अकाउन्ट लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । त्यसपछि गुगल, माइक्रोसफ्ट वा एप्पल मध्ये कुनै एक अकाउन्ट प्रयोग गरेर सोझै साइनअप गर्न वा ईमेल मार्फत पासवर्ड राखेर अकाउन्ट बनाउनुहोस् । सजिलोको लागि गुगलको अप्सन छानेर आफूले चाहेको गुगल अकाउन्ट प्रयोग गर्नुहोस् । अनि आफ्नो युजरनेम राख्नुहोस् । र, आफूले सो टुल किन प्रयोग गर्न चाहेको भन्ने अप्सन छान्नुहोस् । यति गरिसकेपछि अन्तिममा रहेको स्टार्ट युजिङ लिओनार्दोको बटनमा ट्याप गर्नुहोस् । यति भएपछि तपाईंको लिओनार्दो अकाउन्ट तयार हुन्छ । तपाईंले सबैभन्दा पहिले १५० ओटा क्रेडिट निःशुल्क पाउनुहुन्छ । एक पटक प्रम्प्ट दिंदा २० क्रेडिट खर्च हुन्छ । यति भएपछि सबैभन्दा माथि टाइप अ प्रम्प्टको बक्समा प्रम्प्ट राख्नुहोस् । उदाहरणका लागि (Create an image of Nepali people enjoying a cup of tea) टाइप गरेर सर्च गर्नुहोस् । (आफूलाई जस्तो तस्वीर बनाउने इच्छा छ त्यस्तै प्रम्प्ट राख्न सक्नुहुन्छ ।) यति भएपछि तपाईंले भनेको जस्तै तस्वीर देखिन्छ ।