काठमाडौं । मेटाले इन्स्टाग्राम र फेसबुक मेसेन्जरमा नोट्स फिचर राख्न मिल्ने ब्यबस्था गरेको छ । ६० क्यारेक्टरसम्ममा लेख्न सकिने गरि बनाएको नोट्स फिचर प्रयोगकर्ताले २४ घण्टाका लागि राख्न सक्छन् ।
स्टोरी जस्तै देखिने नोट्स प्रयोगकर्ताको फिडमा २४ घण्टासम्म रहन्छ र पछि आर्काइभमा बस्छ ।
कतिपय प्रयोगकर्तालाई मेसेन्जरमा त्यस्तो नोट्स देखिएको मन नपर्न सक्छ । यस्तोमा नोट्सको सेक्सन हटाउन सकिन्छ त ? वास्तवमा मेसेन्जरमा रहेको नोट्सको सेक्सन नै हटाउन भने सकिंदैन । यो फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा भएको स्टोरी जस्तै फिचर हो ।
तर, तपाईंले केही तरिका अपनाउनु भयो भने नोट्सको सेक्सन हटाउन सक्नुहुन्छ । त्यो भनेको ‘कन्ट्याक्ट हाइड’ । यसको अर्थ तपाईंले जो व्यक्तिको कन्ट्याक्ट हाइड गर्नुहुन्छ, उसले लेखेको नोट्स तपाईंको मेसेन्जरमा देखिंदैन ।
तपाईंले एक-एक गरी नोट्स राख्ने व्यक्तिको कन्ट्याक्ट हाइड गर्नुभयो भने अर्कोपटक उनीहरूले राखेको नोट्स तपाईंको मेसेन्जरमा देखिंदैन ।
कन्ट्याक्ट कसरी हाइड गर्ने ?
- सबैभन्दा पहिले मेसेन्जर खोल्नुहोस् ।
- त्यसपछि नोट्स राखेको व्यक्तिको प्रोफाइलमा केही बेर ट्याप (लङ प्रेस) गर्नुहोस् ।
- अनि ‘हाइड कन्ट्याक्ट’ अप्सनमा ट्याप गर्नुहोस् ।
- यति गरिसकेपछि ‘हाइड’ लेखिएको बटनमा थिच्नुहोस् ।
प्रतिक्रिया