वि.सं. २०८२ जेष्ठ ५, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जसले क्यासलेस डिस्काउन्ट दिने लोयालिटी प्लेटफर्म ‘अर्नसिक्का’ बनाए

झलक दवाडी
२०८० माघ २३, मंगलवार

काठमाडौँ । पसलमा नुन किन्न जाँदा होस् वा महलमा सुन किन्न जाँदा । जो-कोहि पसलेले अथवा ग्राहकले ५-१० रुपियाँको ‘चेन्ज’ छैन भन्दा ह्या होस् भन्ने चलन ब्याप्त छ । चेन्जको कुरा सामान किन्ने पक्का भईसकेपछिको पाटो हो । पक्का नहुँदै सुनिने सरकारी (बोलीचालीमा धेरै प्रयोग हुने )  शब्द हो,  ‘दाई, यति त डिस्काउन्ट दिनुस् न…फेरी–फेरी पनि आउँला नि !’

पसले बाध्य हुन्छ घटाउन, ‘यतिमा त आफैले किनेर ल्याएको ल यत्ति थपिदिनुस् न त…’ सामानमा आउने मार्जिन सम्झिँदै आग्रह गर्छ ।

‘अ..ह्या..ल हुन्छ नि त’

‘मिलाएर दिएको छु, फेरी फेरी पनि आउँदै गर्नुस न है…’

दिनभरि ग्राहक पर्खेर बस्नुपर्ने बाध्यतामा १०० – ५० रुपयाँ डिस्काउन्ट दिन नसक्ने अवस्था रहँदैन । चेन्ज नभए अझ अर्को ५०-१०० । ग्राहकले मागेजति पाएको डिस्काउन्टसँगै   उ पसलबाट निस्कन्छ र बाटो लाग्छ । उ घर पक्कै पुग्छ तर त्यो पसलको बारेमा होईन कि लिएको वस्तुमा मात्रै उ निहित हुन्छ । उसको चाँसो सोही खरिद गरेको बस्तुमा मात्रै हुन्छ ।

पसले पनि फेरी अर्को ग्राहक पर्खेर बस्छ, सदाको जस्तै…

माथिको वार्तालाप जहाँ भयो त्यहि सकियो । न ग्राहक फेरी त्यहाँ आउने बारे सोच्छ न त पसले यो मान्छे फेरी आउला भन्ने अपेक्षा नै राख्दछ । खाली यो गर्नकै लागि गरिने संवाद जस्तै हो तर त्यत्ति नै बेला भने यसको खुप अर्थ लाग्छ ।

दैनिक ५० देखि १०० रुपयाँ प्रतिव्यक्ति डिस्काउन्टपछिको अर्को छुट  दिदा पसलेलाई ठुलो रकम खर्चिनुपर्ने हुन्छ । प्रतिदिन १०० ग्राहक आउदा मात्र पनि उसलाई १० हजारको क्षति हुन्छ । यी र यस्तै समस्याको समाधान खोज्न जन्मियो ‘अर्न सिक्का’ ।

अर्नको अर्थ हुन्छ कमाउनु, सिक्का अर्थात सिक्का कमाउने । यसको उद्देश्य भनेको बिक्रीको छुटमा सिक्का दिने र सिक्का प्रयोग गर्न ग्राहक पुनः सम्बन्धित पसलमा आउने छ भन्ने हो । ग्राहकलाई पटकपटक आउने बाटो बनाई राखिदिने काम अर्न सिक्काले गर्छ ।

के हो अर्नसिक्का?

यो एउटा डिजिटल ‘लोयल्टी प्लेटफर्म’ हो। अनलिमिटेड टेक्नोलोजी प्राइभेट लिमिटेडले ‘यदि तिमी ब्राण्डलाई प्रेम गर्छौं भने ब्राण्डले पनि तिमीलाई प्रेम गर्नेछ।’ भन्ने स्लोगनको साथमा सुरु गरेको प्लेटफर्म हो। मल्टी ब्राण्ड लोयालिटि सोलुसनको  ट्यागसहित विगत एक वर्षदेखि बजारमा उपलब्ध छ ।

कसरी जन्मियो ?

अनलिमिटेड टेक्नोलोजीका सञ्चालक हुन, एलेन र्बाइलोचन तुलाधार। तुलाधर त्यो व्यक्ति हुन जसले सन् १९९७ को मार्चमा बिल गेट्स पहिलो पटक भारत भ्रमणमा आउँदा ताज होटेलमा सफ्टवेयरको विषयमा छलफल गरेका थिए ।

उनै एलेनले केहि समय पेमेन्ट गेटवेमा काम गरे । उनले बनाएको गेटवे सिस्टमको बारेमा जानकारी दिंदै  धेरै ठाउँमा  गए । प्रचारकै दौरानमा अनलिमिटेडको केही टिमसहित एलेन  आफुले बनाएको पेमेन्ट गेटवेको लागि प्रपोजल लिएर हिमालयन एयरलाइन्समा पुगे । त्यहाँ मिटिङमा एयरलाइन्स पक्षका प्रतिनिधिले हिमालयनले टिकट काट्दा ग्राहकलाई लोयालिटि स्वरुप केही क्वाईन (सिक्का) दिँदै आएको तर त्यसको उपभोग गर्न ग्राहकलाई त्यत्ति सहज नभएको बताए।

जस्तैः यदि हिमालयनको टिकट काटेर नेपाल छोडेर बाहिर जानेहरुले प्रति उडान तीन चारसय माइलेज क्वाईन पाउँछन् । जुन क्वाईन अर्थात सिक्का सोही एयरलाइन्समा पुनः टिकट लिँदा मात्रै प्रयोगमा आउँछ। यसरी यो अफर वास्तविक रुपमा प्रभावकारी हुन नसक्ने अवस्थामा थियो । किनभने उक्त क्वाइन सोही एयरलाइन्समा मात्रै चल्ने हुँदा यो घुम्न जानेहरुले फर्किने समयमा प्रयोग गर्न सके। तर, काम गर्न जानेहरुले दुईतीन वर्षसम्म बिर्सिसकेका हुन्छन् । जसले गर्दा अफरको प्रभावकारीता देखिने अवस्था रहेन ।

हिमालयनको त्यो समस्या सुनिसकेपछि बाहिरी मुलुकमा समेत रेमिट्यान्स कम्पनीमा आबद्ध भएका एलेनले उक्त सिक्कालाई सहजै प्रयोगमा ल्याउन सकिने प्लेटफर्म बनाउन लागे। जसले गर्दा बाहिर जाँदा पाएको सिक्का बराबरको छुट उनको आफ्नो रेमिट्यान्स कम्पनीबाट स्वेदश रकम पठाउनेले फिर्ता अथवा छुट पाउने भए। नेपाल आउँदा देशभित्रै आफुले इच्छाएको सामान किन्न पाउने गरि ‘अर्न सिक्का’ ल्याए।

यद्यपी अहिले यस एयरलाइन्ससँग विभिन्न टेक्निकल तथा फण्डामेन्टल विषयले गर्दा अर्नसिक्कासँग साझेदारी हुने क्रममै रहेको अनलिमिटेड टेक्नोलोजीका म्यानेजर अर्थात अर्नसिक्काको नेतृत्व गरिरहेका शिवराज शर्माले अर्थ लगानीसँग बताए। उनका अनुसार सुरुमा कुनै सिमित सर्भिसमा मात्रै अर्नसिक्का प्रयोगमा आउनेछ । बिभिन्न मोडालिटी बनेपछि मल्टिपल सेक्टरमै लागु गर्ने गरि साना देखि ठुला पसल, होटल, कर्पोरेट हाउस, मार्ट तथा आर्थिक लेनदेख हुने अधिकतम क्षेत्रमा यो सुबिधा पुग्ने छ ।

साथै म्यानेजर शर्माका अनुसार स्थापित ब्राण्डका होटल, सपिङ सेन्टर, महलहरूमा मध्यम वर्गका व्यक्तिहरुले महँगो हुन्छ भनेर जानै डराउने समस्या देखेको जनाउँदै उनले सिक्का प्रयोगको लागि त्यहाँ जाँदा वास्तविकता बुझ्ने समेत अपेक्षा गरिएको बताए।

अर्नसिक्काले कसरी काम गर्छ ?

कुनै वस्तु तथा सेवा खरिद बिक्रि हुन्छ । त्यो व्यापारमा कहिँ कतै छुट हुन्छ नै । त्यो छुटलाई सिक्काको रुपमा परिणत गर्ने अर्थात छुट स्वरुप क्यास रकम नभई सिक्का लेनदेन हुन्छ ।

मानौँ कुनै पसलमा ग्राहकले कुनै वस्तु किन्दा उसलाई पसलेले कोइन (सिक्का) दिन्छ । उक्त पसलेले ग्राहकलाई दिएको कोइन  (सिक्का) उसले एप मार्फत पुन प्रयोग गर्न सक्छ । ग्राहकको युजर आइडी भएको एप्लिकेसन (अर्नसिक्का) र  एक- अर्को पसलको युजर आइडी भएको एप  जोडिएको हुन्छ । जसले गर्दा जो-कोहि अर्नसिक्का एप्लिकेसन प्रयोगकर्ताले छुट लिने दिने गर्न पाउँछन्   । कुनैपनि गेटवे सिस्टमबाट पैसा तिरेपछि अथवा क्यास कारोबारमा पनि पसलेले छुट स्वरुप कोइन दिन सक्छ  । तर, ग्राहकले भने अर्नसिक्काको प्रयोग गरेको हुनुपर्छ । ग्राहकले पसले मार्फत एपमा प्राप्त गरेको सिक्काले जुनसुकै बेला पुन: कारोबार गर्न पाउँछ ।

सिक्का कसरी प्रयोग गर्ने ?

अर्नसिक्का एउटा डिजिटल प्लेटफर्म हो जुन एपमा आधारित भएर काम गर्छ । कुनै पनि पसल, फर्म अथवा आर्थिक कारोवार हुने संस्थामा उक्त प्लेटफर्म प्रयोग गर्न चाहेको अवस्थामा आवस्यक केवाईसी अपडेट गर्नुपर्ने हुन्छ । व्यक्तिगत प्रयोगकर्ताको हकमा पनि सोहि अनुसारको काम गर्नुपर्छ । त्यसका लागि केहि तरिकाहरु छन्

सुरुमा अर्नसिक्का एप डाउनलोड गर्नुपर्छ।

त्यसमा केवाईसी अपडेट गर्नुपर्छ। र एकाउन्ट सुचारु भएपछि कारोबार गर्न योग्य भइनेछ ।

त्यसपछि अर्नसिक्कासँग आबद्ध भएको कुनै पनि मर्चेन्ट(पसल)मा गई वस्तु तथा सेवा किन्दा पसलेले छुट स्वरुप रिवार्डस् कोइन दिन्छ । जसलाई सिक्का भनिन्छ र एउटा सिक्काको मूल्य एक रुपैयाँ नै कायम हुन्छ ।

जसरी आजभोलि सुपर मार्केट, ई–सेवा, खल्ती, दराज जस्ता गेटवे तथा इ–कमर्श साइटहरूमा ‘रीवार्ड’ पाईन्छ। यहाँ पाएका रिवार्डस्हरु प्रयोगमा ल्याउन निश्चित सर्तहरु पुरा गर्नुपर्छ। तर, अर्नसिक्कामा भने त्यस्तो हुँदैन। जति सिक्का आफुले प्राप्त गरिन्छ त्यो सबै आफुले चाहेकै समयमा प्रयोग गर्न सकिन्छ।

तर, सिक्का पाउन र सिक्का प्रयोग गर्न भने मर्चेन्ट र ग्राहक दुवै ‘अर्नसिक्का’सँग जोडिएको हुनुपर्छ। अहिलेसम्म ‘अर्न सिक्का’ १४४ वटा पसलमा आबद्ध भईसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

झलक दवाडी

लेखक दवाडी प्रविधि र समसामयिक विषयमा समाचार तथा फिचर लेख्छन्