देशव्यापी दौडाहा र सकारात्मक प्रतिक्रिया
चितवन, हेटौंडा, वीरगञ्ज, जनकपुर, विराटनगर हुँदै झापा पुगेका बराल हाल सुदूर पश्चिम र कर्णालीमा ईञ्जिनियरहरूसँग अन्तरक्रिया गरिरहेका छन्। विभिन्न कार्यक्रममा सहभागी ईञ्जिनियरहरूको उत्साहपूर्ण सहभागिताबाट उनी निकै आशावादी देखिएका छन्। धनगढीमा आयोजित कार्यक्रममा ठूलो सहभागिता रहेको थियो।
स्थानीय तहमा ईञ्जिनियरको भूमिका बलियो बनाउन प्रतिबद्धता
बरालले चुनावी अभियानमा ईञ्जिनियरिङ समुदायको समुन्नतिलाई प्रमुख मुद्दा बनाएका छन्। उनले स्थानीय तहमा विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने ईञ्जिनियरलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन राज्यलाई नीतिगत व्यवस्थाको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, प्रदेश समितिलाई थप अधिकार प्रदान गर्दै स्थानीय तहसम्म ईञ्जिनियरको प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने योजना पनि प्रस्तुत गरेका छन्।
नयाँ ईञ्जिनियरहरूको लागि अवसरको वृद्धि
अध्यक्ष उम्मेदवार बरालले नयाँ ईञ्जिनियरहरूलाई सरकारका विकास योजनाहरूमा संलग्न गराई रोजगारीको अवसर बढाउने योजना ल्याएका छन्। यसले एकातिर ईञ्जिनियरहरूको क्षमता अभिवृद्धि गर्नेछ भने अर्कोतिर राज्यलाई कुशल जनशक्ति प्राप्त गर्न सजिलो हुनेछ। प्रदेश र स्थानीय तहमा विकासका कामहरूको चापलाई सम्बोधन गर्न ईञ्जिनियर जनशक्ति वृद्धि गर्ने बरालको योजनाले विकास कार्यलाई प्रभावकारी बनाउने उनको विश्वास छ।
सिभिल ईञ्जिनियरिङ क्षेत्रमा दुई दशक लामो अनुभव सँगालेका बरालले ९९ प्रतिशत सफलताका साथ काम सम्पन्न गरेको दाबी गरेका छन्। यही आत्मविश्वासका साथ, उनी यस निर्वाचनमा पनि विजयी हुनेमा विश्वस्त देखिन्छन्।
प्रतिक्रिया