वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा नयाँ प्रविधिको अग्लो पुल बन्दै, साधारणभन्दा १० गुणा बढी लागत

अर्थलगानी
२०८१ भाद्र २०, बिहीबार

काठमाडौं – राष्ट्रिय गौरवको फास्ट ट्रयाकमा नेपालकै सबैभन्दा अग्लो पुल निर्माण भइरहेको छ। मकवानपुरको बकैया गाउँपालिका–१२ मा निर्माणाधीन यो पुल जमिन सतहबाट ८१ मिटर उचाइमा बनाउँदैछ, जसलाई ‘हाइराइज ब्रिज’ प्रविधिको नामले चिनिन्छ। यो नयाँ प्रविधि नेपालमा पहिलो पटक प्रयोग गरिँदै छ, जसले दुई अग्ला डाँडाबीच सीधा सडक निर्माणमा सहयोग पुर्याउनेछ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार हाइराइज ब्रिज निर्माण गर्दा साधारण पुलभन्दा ८ देखि १० गुणा बढी लागत लाग्छ। विदेशी प्राविधिक सहयोगका कारण लागत उच्च भए पनि फास्ट ट्रयाकजस्तो महत्त्वपूर्ण सडकमा यस प्रकारका नयाँ प्रविधि प्रयोग गर्न आवश्यक छ।

तर, नेपाली जनशक्ति र प्राविधिक क्षमता विकासका लागि आवश्यक योजना अझै पूर्ण रूपमा बनेको छैन। यद्यपि, नारायणीमा सिग्नेचर ब्रिज निर्माणाधीन रहेको र फास्ट ट्रयाकबाट प्राप्त अनुभवको आधारमा अग्ला पुल निर्माण गर्न नेपालले थप प्रगति गर्ने अपेक्षा छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी