वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा टिकटक चल्ने, सरकारका सर्त मान्न तयार

अर्थलगानी
२०८१ भाद्र २०, बिहीबार

काठमाडौं – टिकटकले सरकारले अघि सारेका शर्तहरू मान्न तयार भएको जनाएको छ। बुधबार टिकटकका प्रतिनिधिले नेपाल आएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्दै सरकारका सर्तहरू पालना गर्ने प्रतिबद्धता जनाएका हुन्। यससँगै टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्ने भएको छ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले कात्तिक २७ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। समाजमा विकृति बढेको भन्दै गरिएको यो प्रतिबन्धलाई भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले फुकुवा गर्ने निर्णय गरेको थियो।

सरकारले टिकटकलाई नेपालमा दर्ता गराउने, सम्पर्क केन्द्र तोक्ने, र नेपालका डिजिटल शिक्षा तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने शर्त राखेको छ। टिकटकले यी सर्तहरू पालना गर्ने आश्वासन दिएसँगै प्रतिबन्ध हट्ने भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी