वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिदको हल्ला अस्वीकार गर्दै स्पष्टीकरण जारी

अर्थलगानी
२०८१ आश्विन ६, आईतवार

काठमाडौं । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको भन्ने हल्लालाई खारेज गर्दै स्पष्टिकरण दिएको छ। हालै सार्वजनिक भएका समाचारहरूमा एनसेलले एउटा इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गरिएको थियो । तर कम्पनीले यी दाबीहरूलाई “अनुमानमा आधारित र अपरिपक्व” भएको बताएको छ।

एक विज्ञप्ति मार्फत एनसेलले भनेको छ, “हामी इन्टरनेट सेवाको विस्तार गर्न अवसरहरू खोज्दै छौं तर कुनै ठोस निर्णय नभइसकेकोले हालका समाचारहरू सत्य होइनन्।” कम्पनीले थप स्पष्ट गर्दै, ब्रॉडब्यान्ड इन्टरनेट सेवामा प्रवेश गर्ने सोचलाई लिएर गहन छलफल र मूल्याङ्कनको प्रक्रियामा रहेको र आवश्यकताअनुसार कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टमलाई सशक्त बनाउन काम गरिरहेको उल्लेख गर्दै सेवाहरू विस्तार गरी आम उपभोक्तादेखि व्यापार व्यवसायसम्मको सशक्तिकरणमा योगदान दिन अझै विश्वस्त रहेको बताएको छ। साथै कम्पनीले आफूलाई जिम्मेवार सेवा प्रदायकको रूपमा पारदर्शिता र सही सूचना प्रवाहलाई सधैं प्राथमिकता दिएको जनाएको छ।

विकसित घटनाक्रमसँगै आवश्यक सूचना समयमै प्रदान गर्ने प्रतिबद्धता जनाउँदै एनसेलले सञ्चार माध्यमहरूलाई आफ्नो आधिकारिक धारणा बुझेर मात्र समाचार प्रकाशित गर्न आग्रह गरेको छ। “हाम्रा निर्णयहरू नेपाल राज्य ग्राहकवर्ग र सरोकारवालासँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले समाचार प्रकाशित वा प्रसारण गर्नु अघि हामीसँग समन्वय गरी आधिकारिक धारणा लिने अनुरोध गर्दछौं” विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी