वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’

अर्थलगानी
२०८१ मंसिर २, आईतवार

काठमाडौं। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनी तथा व्यक्तिहरूलाई सम्मान गर्दै सूचना प्रविधि (आईटी) सेवा निर्यातमा अग्रणी कोडावतार टेक प्रालिलाई विशेष सम्मान प्रदान गरेको छ।

विभागका अनुसार कोडावतारले आईटी सेवा निर्यातमार्फत आय विवरण अनुसार सबैभन्दा धेरै आयकर बुझाएको हो।

तीन वर्षमै उल्लेखनीय सफलता
काठमाडौंमा मुख्यालय रहेको कोडावतार ०७७ साल असार २६ मा दर्ता भएको थियो। दर्ता भएको तीन वर्षमै कम्पनीले आईटी निर्यातका क्षेत्रमा अग्रणी भई सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा प्रतिष्ठा कमाएको छ। कम्पनीले ०८० असोज २४ मा आर्थिक वर्षको कर चुक्ता गरेको थियो।

२५०+ रोजगारी र दुई प्रमुख सेवा
कम्पनीको वेबसाइट अनुसार कोडावतारले २५० भन्दा बढी व्यक्तिलाई रोजगारी दिएको छ। यसको प्रमुख सेवामा डायलेक्सीक्रिस्प कल छन्। डायलेक्सीले स्वास्थ्य, शिक्षा, स्टार्टअप, होटेल, रियलस्टेटजस्ता क्षेत्रलाई इन्टरनेटमा आधारित सञ्चार सेवा उपलब्ध गराउँछ। क्रिस्प कलले १०० भन्दा बढी देशमा भर्चुअल सिम नम्बर र इन्टरनेट फोन सेवा प्रदान गरिरहेको छ।

आईटी निर्यात र राजस्व योगदानमा उत्कृष्ट योगदान दिएको कोडावतारको सफलताले नेपाली टेक उद्योगको क्षमता झल्काएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी