वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिरन्जीबी अधिकारी क्यान महासंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित

अर्थलगानी
२०८१ पुष १६, मंगलवार

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को उपाध्यक्ष पदमा चिरन्जीबी अधिकारी निर्विरोध निर्वाचित भएका छन्।

नयाँ कार्यसमिति चयनका लागि मंगलबार भएको उपाध्यक्ष पदको निर्वाचनमा अधिकारीको मात्रै मनोनयन परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन्।

अधिकारी क्यान महासंघको ३१औं वार्षिक साधारणसभा तथा १५औं महाधिवेशनमार्फत उपाध्यक्ष पदमा चयन भएका हुन्।

साइबर सेक्युरिटीमा दशकभन्दा लामो अनुभव रहेका अधिकारी सन् २००६ देखि क्यानमा आवद्ध छन्। उनले चितवन शाखाको संस्थापक कोषाध्यक्ष हुँदै संगठनमा आफ्नो सक्रियता देखाएका थिए। सन् २०१८ मा केन्द्रीय सदस्य बनेका अधिकारी २०२० देखि २०२२ सम्म केन्द्रीय सचिव र २०२२ देखि २०२४ सम्म केन्द्रीय महासचिवका रूपमा जिम्मेवारी सम्हाले।

उनले विभिन्न राष्ट्रिय संघ-संस्थामा क्यानलाई प्रतिनिधित्व गर्दै नेपाल चेम्बर अफ कमर्समा साइबर सेक्युरिटी सल्लाहकार, नासमा आइसीटी विशेषज्ञ सदस्य, र नेपाल कपीराइट अफिसमा आइसीटी विशेषज्ञ सदस्यका रूपमा पनि योगदान गरेका छन्।

सूचना प्रविधि क्षेत्रमा योगदान गरेवापत अधिकारीले सन् २०२४ मा नेशनल आइसीटी अवार्ड प्राप्त गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी