वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइटीक्षेत्रबाट वार्षि १० खर्बबढी आम्दानी गर्न सकिन्छ

अर्थलगानी
२०८१ माघ १७, बिहीबार

काठमाडौँ। नेपालले आईटी क्षेत्रबाट वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने आशा व्यक्त गरेको छ। यो कुरा नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरूले बताएका हुन्। सम्मेलनमा सहभागी वक्ताहरूले नेपालमा आईटी क्षेत्रमा थोरै लगानी गर्दा पनि राम्रो परिणाम प्राप्त गर्न सकिने बताएका छन्। इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले दक्ष जनशक्ति निर्माणमा लगानी गर्नुपर्ने र यसरी उत्पादन गरिएका जनशक्तिले वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सक्ने बताएका छन्।

त्रिभुवन विश्वविद्यालयका डीन प्रा. डा. महाननन्द चालिसेले प्राविधिक शिक्षामा ध्यान दिनुपर्ने बताएका छन्। उनले पाठ्यक्रममा प्राविधिक र व्यवसायिक सिप सिकाउने विषय समावेश गर्न आवश्यक रहेको उल्लेख गरे । योङ इनोभेसनका संस्थापक विभूषण बिस्टले उद्यमशीलता एक माइन्डसेट भएको बताउँदै समस्या समाधान गर्ने क्षमतामा ध्यान दिनुपर्ने बताएका छन्। उनले भने, ‘सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको हुन्छ’

सम्मेलनमा उपस्थित वक्ताहरूले सरकारको भूमिका महत्त्वपूर्ण रहेको र स्टार्टअपलाई समर्थन गर्ने नीतिहरू ल्याउनुपर्ने कुरामा जोड दिएका छन्। यसैगरी, कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचिका विषयमा ध्यान दिनुपर्ने बताइन् । यस सम्मेलनले नेपालमा आईटी क्षेत्रको विकास र त्यसबाट हुने आर्थिक लाभको बारेमा व्यापक चर्चा गरेको छ, जसले भविष्यमा यस क्षेत्रमा लगानी र जनशक्ति उत्पादनमा वृद्धि गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी