वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा विद्युतीय गाडीको भविष्य: बीवाईडी हाई-टेक विकले प्रविधि क्रान्तिको संकेत गर्‍यो

अर्थलगानी
२०८१ फाल्गुन १९, सोमबार

काठमाडौं। नेपालमा विद्युतीय सवारी साधन (EV) को भविष्यलाई उजागर गर्ने बीवाईडी हाई-टेक विक भव्य रूपमा सम्पन्न भएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालि द्वारा आयोजित यो कार्यक्रम चीन बाहिर पहिलो पटक आयोजना भएको हो।

प्रविधिको प्रत्यक्ष अनुभव

यस कार्यक्रममार्फत सहभागीहरूले ब्लेड ब्याट्री सुरक्षा परीक्षण, ई-प्लेटफर्म ३.०, कम्पास टर्न, ट्याङ्क टर्न, अटोमेटिक पार्किङ जस्ता अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव गर्ने अवसर पाए। नयाँ ऊर्जा सवारी (एनईभी) प्रविधिमा नेपालले समेट्दै लगेको डिजिटल र दिगो यातायात क्रान्ति झल्काउने यो कार्यक्रममा सवै उमेर समूहका मानिसहरूको उल्लेखनीय उपस्थिति देखियो।

१० लाख १० हजारौं बीवाईडी एटो ३ को डेलिभरी

बीवाईडी हाई-टेक विककै अवसरमा नेपालका एक ग्राहकलाई कम्पनीको १० लाख १० हजारौं बीवाईडी एटो ३ डेलिभरी गरिएको महत्त्वपूर्ण क्षण पनि रह्यो। साथै, साइमेक्स इंकले १० वर्ष वा दुई लाख किलोमिटरसम्मको वारेन्टी दिने घोषणा गर्‍यो, जसले नेपालका EV ग्राहकलाई थप विश्वास प्रदान गर्नेछ।

विद्युतीय गाडीको प्रयोगलाई बलियो बनाउने प्रतिबद्धता

कार्यक्रमको समापनमा बोल्दै साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ ले भनिन्,
“बीवाईडी हाई-टेक विक अभूतपूर्व रूपमा सफल रह्यो। हामी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्दै नेपालको दिगो भविष्य निर्माणमा महत्वपूर्ण योगदान दिन प्रतिबद्ध छौं।”

नेपालमा EV प्रविधि र हरित ऊर्जा समाधानप्रति चासो बढ्दै गएको संकेत यो कार्यक्रमले दिएको छ। साइमेक्स इंकले नवीनतम प्रविधि, स्तरीय सेवा र उपभोक्ता विश्वसनीयतालाई प्राथमिकता दिँदै विद्युतीय सवारी साधन भित्र्याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी