वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुगलपछि नेपालमा दर्ता भयो सामाजिक सञ्जाल ‘लिंक्ड–इन’

अर्थलगानी
२०८० असार ११, सोमबार

काठमाडौँ। सामाजिक सञ्जाल ‘लिंक्ड–इन’ नेपालमा दर्ता भएको छ । डिजिटल सेवा कर (डीएसटी) लागू भएपछि कर तिर्ने गरी माइक्रोसफ्ट अन्तर्गतको लिंक्ड–इन दर्ता भएको हो।

नेपालको कर प्रणालीमा दर्ता भएसँगै अब लिंक्ड–इनले नेपालमा गर्ने कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र २ प्रतिशत डिजिटल सेवा कर तिर्नेछ ।

सरकारले चालु आर्थिक वर्ष २०७९–८० को आर्थिक ऐनबाट गैरबासिन्दा व्यक्तिले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा त्यसको कारोबारमा २ प्रतिशत डिजिटल सेवा कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।
यसअघि गत बैशाखमै विश्व प्रसिद्ध बहुराष्ट्रिय आईटी कम्पनी गुगल नेपालको कर प्रणालीमा दर्ता भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सामाजिक सञ्जाल ‘लिंक्ड–इन’ नेपालमा दर्ता भएको छ । डिजिटल सेवा कर (डीएसटी) लागू भएपछि कर तिर्ने गरी माइक्रोसफ्ट अन्तर्गतको लिंक्ड–इन दर्ता भएको हो। नेपालको कर प्रणालीमा दर्ता भएसँगै अब लिंक्ड–इनले नेपालमा गर्ने कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र २ प्रतिशत डिजिटल सेवा कर तिर्नेछ । सरकारले चालु आर्थिक वर्ष २०७९–८० को आर्थिक ऐनबाट गैरबासिन्दा व्यक्तिले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा त्यसको कारोबारमा २ प्रतिशत डिजिटल सेवा कर तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि गत बैशाखमै विश्व प्रसिद्ध बहुराष्ट्रिय आईटी कम्पनी गुगल नेपालको कर प्रणालीमा दर्ता भइसकेको छ ।