वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सफ्टवेरिका कलेजद्वारा आयोजित “टेक–एक्स २०२३”, यहीँजुलाई २७ देखि जुलाई ३० सम्महुने

अर्थलगानी
२०८० श्रावण ९, मंगलवार

काठमाडौँ। आईटी तथा ई–कमर्स कलेजको रूपमा परिचित सफ्टवेरिकाकलेजले स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना गरेको छ।

बिहीबारदेखि डिल्ली बजार काठमाडौँ स्थित कलेज परिसरमाअध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी शुरु हुने भएको हो ।
आईतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने आयोजक कलेजले जनाएको छ ।

यस प्रदर्शनीको उद्घघाटन नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखाशर्मा द्वारा हुनेछ।यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रोजेक्टहरू समेत हेर्न पाइनेछ ।

प्रदर्शनी मानव प्रवर्तन सम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने छन्। जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटी सहित घरमाअनधिकृत व्यक्तिको घुसपैठ भएको थाहापाउने सिस्टम रहेका छन्।
यसैगरी कोलोनीका लागि आगलागी सम्बन्धी सुचनादिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रि सिजन एग्रि कल्चर सम्बन्धी प्रोजेक्ट समेत राखिने छन्।

यस बाहेक रिमोट मनिटरिङ सहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागिअग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्स प्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन्।

र्ट फोहोर व्यवस्थापन प्रणाली, अण्डा कोरल्ने स्मार्ट सिस्टम, स्मार्ट डुङ्गा, स्मार्ट हाइड्रोपोनिक, सर्भिलेन्स मिलिट्री रोबोट लगायतका नवीनतम परियोजना समेत प्रदर्शनीमा देखिने छन्।
यही साउन ११–१४ सम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ।

बेलायतको कोभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस कलेजमा इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी, कम्प्युटिङ, डेटा साइन्स तथा कम्प्युटेसनल इन्टेलिजेन्स लगायतका विषयहरूको अध्यापन हुने गरेको छ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू सार्वजनिक गर्न हरेक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको छ । आईओटी एक्सपोको रुपमा परिचित सफ्टवेरिकाको प्रदर्शनी यस पटक भने टेक एक्सपोको नाममा प्रस्तुत गर्रिदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आईटी तथा ई–कमर्स कलेजको रूपमा परिचित सफ्टवेरिकाकलेजले स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना गरेको छ। बिहीबारदेखि डिल्ली बजार काठमाडौँ स्थित कलेज परिसरमाअध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी शुरु हुने भएको हो । आईतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने आयोजक कलेजले जनाएको छ । यस प्रदर्शनीको उद्घघाटन नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखाशर्मा द्वारा हुनेछ।यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रोजेक्टहरू समेत हेर्न पाइनेछ । प्रदर्शनी मानव प्रवर्तन सम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने छन्। जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटी सहित घरमाअनधिकृत व्यक्तिको घुसपैठ भएको थाहापाउने सिस्टम रहेका छन्। यसैगरी कोलोनीका लागि आगलागी सम्बन्धी सुचनादिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रि सिजन एग्रि कल्चर सम्बन्धी प्रोजेक्ट समेत राखिने छन्। यस बाहेक रिमोट मनिटरिङ सहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागिअग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्स प्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन्। र्ट फोहोर व्यवस्थापन प्रणाली, अण्डा कोरल्ने स्मार्ट सिस्टम, स्मार्ट डुङ्गा, स्मार्ट हाइड्रोपोनिक, सर्भिलेन्स मिलिट्री रोबोट लगायतका नवीनतम परियोजना समेत प्रदर्शनीमा देखिने छन्। यही साउन ११–१४ सम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ। बेलायतको कोभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस कलेजमा इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी, कम्प्युटिङ, डेटा साइन्स तथा कम्प्युटेसनल इन्टेलिजेन्स लगायतका विषयहरूको अध्यापन हुने गरेको छ। कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू सार्वजनिक गर्न हरेक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको छ । आईओटी एक्सपोको रुपमा परिचित सफ्टवेरिकाको प्रदर्शनी यस पटक भने टेक एक्सपोको नाममा प्रस्तुत गर्रिदैछ।