वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ह्वाट्सएपमा आयो गज्जबको फिचर, अब रिल्सजस्तै भिडियो म्यासेज पठाउन सकिने, यसरी गर्नेछ काम

अर्थलगानी
२०८० श्रावण १२, शुक्रबार

काठमाडौ । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म हो। प्रयोगकर्ता अनुभव सुधार गर्न कम्पनी लगातार यस प्लेटफर्ममा नयाँ सुविधाहरु थपिरहेको छ।

ह्वाट्सएसमा अर्को नयाँ फिचर थपिएको छ, जसको मद्दतले प्रयोगले छोटो भिडियो म्यासेज पठाउन सक्नेछन्।

कम्पनीले यो फिचरलाई भिडियो म्यासेज नाम दिएको छ। यो सुविधा अडियो सन्देशजस्तै धेरै मिल्दोजुल्दो छ। जसको मद्दतले प्रयोगकर्ताले तुरुन्तै जबाफ दिन सक्नेछन्।

यो सुविधाको मद्दतले प्रयोगकर्ताले कुनै पनि टेक्स्ट वा अडियो म्यासेजको तत्काल जबाफका लागि भिडियो म्यासेजहरु रेकर्ड गर्न सक्छन्।

ह्वाट्सएपको नयाँ फिचरले रियल टाइम भिडियो सन्देश सेवा ल्याएको छ। जसको मद्दतले प्रयोगकर्ताले ६० सेकेन्डको भिडियो रेकर्ड गरेर पठाउन सक्नेछन्। कम्पनीको दाबी छ कि यी भिडियो म्यासेज इन्ड–टु–इन्ड इन्क्रिप्टेड छन्। यो सुविधा रोल आउट गरिएको छ र आगामी केही हप्तामा सबै प्रयोगकर्तामा पुग्नेछ।

मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्ट सेयर गर्दै यो फिचरको जानकारी दिएका हुन्। उनले यो फिचर ह्वाट्सएपमा कसरी काम गर्ने भन्ने पनि बताएका छन्। ह्वाट्सएपको नयाँ फिचरले रियल टाइम भ्वाइस म्यासेजिङजस्तै काम गर्नेछ।

सबैभन्दा पहिले प्रयोगकर्ताले कुनै पनि ह्वाट्सएप च्याट खोल्नुपर्छ। त्यहाँ टेक्स्ट बक्सको छेउमा भिडियो रेकर्डर आइकन हुनेछ। भिडियो रेकर्ड गर्न प्रयोगकर्ताले यो आइकनमा क्लिक गर्नुपर्छ र ६० सेकेन्डसम्म भिडियो रेकर्ड गर्न सक्नेछन्।

यो सुविधा आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि जारी गरिएको छ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौ । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म हो। प्रयोगकर्ता अनुभव सुधार गर्न कम्पनी लगातार यस प्लेटफर्ममा नयाँ सुविधाहरु थपिरहेको छ। ह्वाट्सएसमा अर्को नयाँ फिचर थपिएको छ, जसको मद्दतले प्रयोगले छोटो भिडियो म्यासेज पठाउन सक्नेछन्। कम्पनीले यो फिचरलाई भिडियो म्यासेज नाम दिएको छ। यो सुविधा अडियो सन्देशजस्तै धेरै मिल्दोजुल्दो छ। जसको मद्दतले प्रयोगकर्ताले तुरुन्तै जबाफ दिन सक्नेछन्। यो सुविधाको मद्दतले प्रयोगकर्ताले कुनै पनि टेक्स्ट वा अडियो म्यासेजको तत्काल जबाफका लागि भिडियो म्यासेजहरु रेकर्ड गर्न सक्छन्। ह्वाट्सएपको नयाँ फिचरले रियल टाइम भिडियो सन्देश सेवा ल्याएको छ। जसको मद्दतले प्रयोगकर्ताले ६० सेकेन्डको भिडियो रेकर्ड गरेर पठाउन सक्नेछन्। कम्पनीको दाबी छ कि यी भिडियो म्यासेज इन्ड–टु–इन्ड इन्क्रिप्टेड छन्। यो सुविधा रोल आउट गरिएको छ र आगामी केही हप्तामा सबै प्रयोगकर्तामा पुग्नेछ। मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्ट सेयर गर्दै यो फिचरको जानकारी दिएका हुन्। उनले यो फिचर ह्वाट्सएपमा कसरी काम गर्ने भन्ने पनि बताएका छन्। ह्वाट्सएपको नयाँ फिचरले रियल टाइम भ्वाइस म्यासेजिङजस्तै काम गर्नेछ। सबैभन्दा पहिले प्रयोगकर्ताले कुनै पनि ह्वाट्सएप च्याट खोल्नुपर्छ। त्यहाँ टेक्स्ट बक्सको छेउमा भिडियो रेकर्डर आइकन हुनेछ। भिडियो रेकर्ड गर्न प्रयोगकर्ताले यो आइकनमा क्लिक गर्नुपर्छ र ६० सेकेन्डसम्म भिडियो रेकर्ड गर्न सक्नेछन्। यो सुविधा आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि जारी गरिएको छ।