काठमाडौँ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) को सञ्चालक समितिको अध्यक्षमा विश्वम्भर न्यौपाने चयन भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
केहि समयदेखि रिक्त रहेको उक्त पदमा न्यौपाने नियुक्त भएका हुन् । नवनियुक्त अध्यक्ष न्यौपाने लामो समयदेखि नेपाली बैंकिङ्ग क्षेत्रमा विभिन्न भूमिकाहरुमा आवद्ध भई योगदान पुर्याएको र हाल माछापुच्छ्रे बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।
अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
प्रतिक्रिया