काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य एजेण्डासहित सभा आह्वान गरेको हो ।
इन्स्योरेन्सले सभा चैत २१ गते २१ औँ वार्षिक साधारण सभा डाकेको हो।
सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१।४९ प्रतिशत कायम गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
सभा होटल भिस्वा, वीरगंजमा बिहान ९ गते हुनेछ।
प्रतिक्रिया