काठमाडौं । मेट लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षमा ४ दशमलव ८९ % वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ८२ लाख नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ९ करोड २५ लाख कमाएको छ ।
कम्पनीले ३ महिनाको अवधिमा १ अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरेको ४ दशमलव ८९ छ। कुल बीमा शुल्क आर्जनमा १ अर्ब ०६ करोड नवीकरण बीमा शुल्क र ३० करोड ३५ लाख प्रथम बीमाशुल्क रहेको छ ।
कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४ दशमलव ५३ % वृद्धि भएको छ भने प्रथम बीमा शुल्क भने ९ दशमलव ४१ %घटेको छ । नवीकरण बीमा शुल्कमा भने ९ दशमलव ३३ %वृद्धि देखिएको छ । पुनर्बीमा गरेर कम्पनीले १ अर्ब ३१ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीको महाविपत्ति जगेडामा ४२ करोड १८ लाख, रिटेण्ड अर्निङ् २ अर्ब २७ करोड र अन्य जगेडामा ८६ करोड ७५ लाख संचित गरेको छ । जीवन बीमा कोष २४ अर्ब ९२ करोड पुगेको छ। जुन २ दशमलव ८६ % वृद्धि हो ।
प्रतिक्रिया