वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन लाइफले २ रुपैयाँ बढाएर सार्वजनीक गर्याे बोनस दर, कुन पोलिसीमा कति पाइन्छ?

अर्थलगानी
२०८० मंसिर १८, सोमबार

काठमाडौँ। सिटिजन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९÷८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ। इन्स्योरेन्सले २ रुपैयाँ बोनस दर बढाएर सार्वजनीक गरेको हो।

कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्म बोनस दर कायम गरेको छ। यसअघि कम्पनीले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर तोकेको थियो।

कम्पनीको आर्थिक वर्ष २०७९–८०को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर १९ गते स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमा लेखमा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। यस्तै, सोही बीमा लेख अन्तर्गत रहेको १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४९ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकेको छ।

कम्पनीका अनुसार १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ११५ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ७१७ वटा र २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ३८१ वटा बीमालेख बिक्री गरेको छ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

कम्पनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार २८ रुपैयाँ बोनसदर तोकेको छ ।

कमपनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मका ४२ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ३२७ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ४ हजार २०९ वटा र २० वर्ष वा सोभन्दा माथि अवधिका ९ हजार ५४६ वटा बीमालेख बिक्री गरेको छ ।

सिटिजन शुभारम्भ (सावाधिक प्लस) बीमालेख

यस बीमालेख अन्तर्गत कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३९ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ४६ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको ८२८ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि २ हजार ५२० वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ३८ हजार ३५३ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको २० हजार ४१० वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ४२४ वटा र ३० वा सोभन्दा माथि अवधिका १६१ वटा बीमालेख बिक्री गरेको छ ।

सावधिक (रेगुलर)जीवन बीमालेख

सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको प्रतिहजार ४२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको प्रतिहजार ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको प्रतिहजार ५० रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मको प्रतिहजार ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मका ७९१ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका १६२ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका १ हजार १५७ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका २०९ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ४ वटा बीमालेख बिक्री गरेको छ।

सिटिजन बाल भविष्य योजना

यस बीमालेख अन्तर्गत कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४७ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ५२ रुपैयाँ र २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि १ हजार ३३४ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ११ हजार ७ सय वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको ५ हजार १३८ वटा र २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २० वटा बीमालेख बिक्री गरेको छ ।

सावधिक तथा आजीवन बीमालेख

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६२ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० वर्षदेखि ९ वर्ष अवधिसम्मका १६७ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ९०१ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ८ हजार ४६ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ७ हजार २४४ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २८२ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिसम्मका ६२ वटा बीमा लेख बिक्री गरेको छ ।

कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिटिजन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९÷८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ। इन्स्योरेन्सले २ रुपैयाँ बोनस दर बढाएर सार्वजनीक गरेको हो। कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्म बोनस दर कायम गरेको छ। यसअघि कम्पनीले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर तोकेको थियो। कम्पनीको आर्थिक वर्ष २०७९–८०को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर १९ गते स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो। अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमा लेखमा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। यस्तै, सोही बीमा लेख अन्तर्गत रहेको १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४९ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकेको छ। कम्पनीका अनुसार १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ११५ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ७१७ वटा र २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ३८१ वटा बीमालेख बिक्री गरेको छ। वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख कम्पनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार २८ रुपैयाँ बोनसदर तोकेको छ । कमपनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मका ४२ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ३२७ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ४ हजार २०९ वटा र २० वर्ष वा सोभन्दा माथि अवधिका ९ हजार ५४६ वटा बीमालेख बिक्री गरेको छ । सिटिजन शुभारम्भ (सावाधिक प्लस) बीमालेख यस बीमालेख अन्तर्गत कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३९ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ४६ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको ८२८ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि २ हजार ५२० वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ३८ हजार ३५३ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको २० हजार ४१० वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ४२४ वटा र ३० वा सोभन्दा माथि अवधिका १६१ वटा बीमालेख बिक्री गरेको छ । सावधिक (रेगुलर)जीवन बीमालेख सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको प्रतिहजार ४२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको प्रतिहजार ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको प्रतिहजार ५० रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मको प्रतिहजार ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मका ७९१ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका १६२ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका १ हजार १५७ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका २०९ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ४ वटा बीमालेख बिक्री गरेको छ। सिटिजन बाल भविष्य योजना यस बीमालेख अन्तर्गत कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४७ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ५२ रुपैयाँ र २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि १ हजार ३३४ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ११ हजार ७ सय वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको ५ हजार १३८ वटा र २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २० वटा बीमालेख बिक्री गरेको छ । सावधिक तथा आजीवन बीमालेख सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६२ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० वर्षदेखि ९ वर्ष अवधिसम्मका १६७ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ९०१ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ८ हजार ४६ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ७ हजार २४४ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २८२ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिसम्मका ६२ वटा बीमा लेख बिक्री गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।