काठमाडौँ। प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ। इन्स्योरेन्सले नविकरण बीमाशुल्क भुक्तानी गर्नु पर्ने बीमालेखहरू मोहलत अवधि नाघी व्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गरी पुस १६ देखि २७ सम्ममा नविकरण वीमाशुल्क भुक्तानी गरी सुचारू गरेमा विलम्ब शुल्कमा छुट दिने भएको हो।
शर्तहरुः
१. यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरू पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बीलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिनेछ ।
२. यस भन्दा पहिले बीलम्ब छुट सुविधा प्राप्त गरीसकेका बीमितहरुलाई यस योजनामा समाबेश गरिने छैन। साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिने छैन ।
प्रतिक्रिया