वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बोलायो साधारणसभा, यस्ता छन् प्रस्तावहरु

अर्थलगानी
२०८० पुष १९, बिहीबार

काठमाडौँ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले माघ ११ गते साधारणसभा गर्ने भएको छ। इन्स्योरेन्स सञ्चालक समितिको पुस १७ गते बसेको १३ औं बैठकले साधारण सभा मिति र सभामा पेस गर्ने एजेण्डाहरुको बारेमा निर्णय गरेको हो।

इन्स्योरेन्सले सभा माघ ११ गते बिहिबार आम्रपाली बैंक्वेट, भाटभटेनी, नक्सालमा बिहान ११ बजेदेखि सुरु गर्ने जनाएको छ।

यस्ता छन् सभामा पेस हुने प्रस्तावहरु,

–सञ्चालक समितिको तर्फबाट अघिल्लो आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।

–साविक सानिमा लाईफ इन्स्योरेन्स लि. को अघिल्लो आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तिय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।

–इन्स्योरेन्सको अघिल्लो आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तिय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।

–कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम गत आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (लेखापरिक्षक सुजन काफ्ले एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनःनियुक्त हुन योग्य हुनुहुन्छ ।)

–कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम मिति २०७९।०४।०१ देखि २०७९।१२।०८ सम्मको लागि साबिक रिलायन्स लाईफ इन्स्योरेन्स लि। को लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

–सञ्चालक समितिमा संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्ने चार (४) र सर्वसाधारण समुहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई (२) सञ्चालकको निर्वाचन सम्बन्धमा ।

विशेष प्रस्तावहरु
–उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनैपनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

–कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) बमोजिम आ.व. २०७८।०७९ मा साबिक सानिमा लाईफ इन्स्योरेन्स लि. तथा साबिक रिलायन्स लाइफ इन्स्योरेन्स लि. बाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने ।

–सञ्चालकहरुको सुविधा परिमार्जन गर्ने सम्बन्धमा ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले माघ ११ गते साधारणसभा गर्ने भएको छ। इन्स्योरेन्स सञ्चालक समितिको पुस १७ गते बसेको १३ औं बैठकले साधारण सभा मिति र सभामा पेस गर्ने एजेण्डाहरुको बारेमा निर्णय गरेको हो। इन्स्योरेन्सले सभा माघ ११ गते बिहिबार आम्रपाली बैंक्वेट, भाटभटेनी, नक्सालमा बिहान ११ बजेदेखि सुरु गर्ने जनाएको छ। यस्ता छन् सभामा पेस हुने प्रस्तावहरु, –सञ्चालक समितिको तर्फबाट अघिल्लो आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा । –साविक सानिमा लाईफ इन्स्योरेन्स लि. को अघिल्लो आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तिय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा । –इन्स्योरेन्सको अघिल्लो आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तिय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा । –कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम गत आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (लेखापरिक्षक सुजन काफ्ले एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनःनियुक्त हुन योग्य हुनुहुन्छ ।) –कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम मिति २०७९।०४।०१ देखि २०७९।१२।०८ सम्मको लागि साबिक रिलायन्स लाईफ इन्स्योरेन्स लि। को लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । –सञ्चालक समितिमा संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्ने चार (४) र सर्वसाधारण समुहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई (२) सञ्चालकको निर्वाचन सम्बन्धमा । विशेष प्रस्तावहरु –उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनैपनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने । –कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) बमोजिम आ.व. २०७८।०७९ मा साबिक सानिमा लाईफ इन्स्योरेन्स लि. तथा साबिक रिलायन्स लाइफ इन्स्योरेन्स लि. बाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने । –सञ्चालकहरुको सुविधा परिमार्जन गर्ने सम्बन्धमा ।