काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनशदर घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९–२०८० को नयाँ बोनसदर घोषणा गरेको हो। कम्पनीको आर्थिक वर्ष २०७९–२०८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले न्युनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ ।
सावधिक, बाल सावाधिक तथा सामुहकि जीवन बीमालेख
कम्पनीले यस सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४० रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५२ रुपैयाँ, बोनसदर कायम भएको छ । त्यस्तै, २५ देखि २९ वर्ष अवधिको लागि ६७ रुपैयाँ छ भने यसै पोलिसीको ३० वा सोे भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ ।
कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४२ हजार ९८१ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
सावधिक तथा आजीवन बीमालेख
सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको हकमा कम्पनीले ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले १५ देखि १९ वर्ष अवधिको २ हजार ३७९ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमालेख
अग्रिम भुक्तानी आजीवन जीवन बीमालेखको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
अग्रिम भुक्तानी सावाधिक जीवनबीमालेख
यस बीमालेखको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले २० देखि २४ वर्ष अवधिको २ हजार १२८ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
बाल अग्रिम भुक्तानी सावाधिकको १० देखि १४ वर्ष अवधिमा ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिमा ३७ रुपैयाँ, २०देखि २४ वर्ष अवधिमा ५० रुपैयाँ, २५ देखि २९ वर्ष अवधिमा ६५ रुपैयाँ बोनसदर दिने भएको छ ।
त्यसैगरी बाल वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख९बाल किरण०मा १० देखि १४ वर्ष अवधिमा ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिमा ४४ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिमा ६० रुपैयाँ बोनसदर दिने भएको छ ।
त्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा एउटै बोनसदर कायम गरेको छ । जुन बीमालेख खरिद गर्ने बीमितले २२ रुपैयाँ बोनस पाउनेछन् ।
कम्पनीले घोषणा गरेको यस बोनसदर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि उक्त बोनसदर कायम हुने जनाएको छ ।
प्रतिक्रिया