काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा नाफामा सामान्य वृद्धि गरेको छ। इन्स्योरेन्सले आज सार्वजनीक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.९९ प्रतिशत बढेर ८ अर्ब २८ करोड ७३ लाख ६९ हजार पुगेको छ भने खुद दाबी भुक्तानी १२.३३ प्रतिशत बढेर ११ अर्ब ५८ करोड ९९ लाख पुगेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य वृद्धि भएको देखिन्छ। यो अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २८ पैसा बढेर १० रुपैयाँ १८ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५९.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा रहेको छ।
५ अर्ब १ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४९ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ६० करोड १८ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ४८ करोड ८३ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया